‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍विद्यालय शिक्षासम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित गरिने

पढ्न लाग्ने समय: १ मिनेट

A A+ A-

काठमाडौँ । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने बताएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिवेशनबाट ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गरिने बताएका हुन् ।

संघीय संसद्का दुवै सदनसमक्ष सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्ने जानकारी गराएका हुन् ।

उक्त विधेयक पारितको माग राखेर शिक्षक तथा विद्यालयका कर्मचारीले काठमाडौँमा २९ दिनसम्म आन्दोलन गरेर आ–आफ्नो कार्यक्षेत्र फर्किएका छन् ।

Comments