काठमाडौं । कक्षा १२ को परीक्षा आइतबारबाट सुरु भएको छ । आइतबार बिहान ८ः०० बजेदेखि कक्षा १२ को परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षा आउँदो जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ । लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर भने लैजान पाइनेछ ।