काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थान कब्जा गरेको छ । शनिबार राति रियाल भालाडोलिडविरुद्ध २–१ को जित निकाल्दै बार्सिलोनाले बार्सिलोनाले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
भालाडोलिडकै मैदानमा सम्पन्न खेलमा घरेलु टिमले सुरुआती ६ मिनेटमै अग्रता बनाए टिकिरहन सकेन । दोस्रो हाफमा राफिन्हा र फेर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले आफ्नो अग्रतालाई फराकिलो बनाउन सकेको हो ।
छैटौँ मिनेटमा इभान सान्चेजको गोलमा भालाडोलिडले अग्रता बनाएको थियो । तर, ५४औँ मिनेटमा राफिन्ह र ६१ लोपेजले गोल गरेपछि बार्सिलोनाले जित सुनिश्चित गरेको हो ।
जितसँगै ३४ खेलबाट ७९ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ भने यो हारसँगै रेलिगेसनमा पर्ने निश्चित भइसकेको भालाडोलिडले भने ३४ खेल खेल्दा १६ अंकमात्रै बनाएको छ ।
बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडले एक खेल कम खेल्दै ७२ अंक बनाएको छ । तेस्रो स्थानको एट्लेटिकोले भने ३४ खेलबाट ६७ अंक बनाएको छ ।