संसद्‌मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

पढ्न लाग्ने समय: १ मिनेट

A A+ A-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै छन् ।

शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

राष्ट्रपतिले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार शुक्रबार बिहान १० बजेका लागि मन्त्रिपरिषद् बैठक डाकिएको छ ।

Comments