ओमिग्लिको बढ्दो लोकप्रियता, यौन क्रियाकलापमा युवाहरुको संलग्नता

पढ्न लाग्ने समय: १ मिनेट

A A+ A-

नया व्यक्तिहरू सँग बोल्न साथी बनाउन वा कुनै उत्पादनमूलक कुराहरूमा छलफल तथा विचार विमार्षका लागि शुरू गरिएको ओमिग्लीको लोकप्रियता बढ्दो छ।

इन्टरनेटमा सजिलै सँग भेटिन सक्ने वेब प्लेटफर्म ओमिग्ली १३ वर्ष भन्दा माथिका किशोकिशोरीहरु वा सो भन्दा माथिका उमेरकाले चलाउन पाउँछन्।

नयाँ नयाँ ठाउँका मान्छेहरू सँग जोडिएर विविधतामा एकता ल्याउनको लागि र आइडिया तथा वैचारिक वहसका लागि शुरू गरिएको उक्त प्लेटफर्म नेपाल र भारतमा समेत चर्चित बन्दै गइरहेको छ, यति सम्मकी विभिन्न युट्युबर हरुले समेत ओमिग्लि मा भिडियो वार्ता गरेको कुराहरू लाई समेत आफ्नो कन्टेन्ट बनाईरहेका हुन्छन्।

बढ्दो लोकप्रियता सँगै यसमा जोडिने हरु पनि बढ्दै गइरहेका छन्, उक्त प्लेटफर्ममा आफ्नो पहिचान गोप्य रहने भएकाले युवा वर्गहरु यौन क्रियाकलापमा बढी संलग्न भइरहेका छन्, यति सम्मकी केही युवा – युवतीहरु त यौन प्यास मेट्नकै लागि साथी खोज्न भौतारिरहेका हुन्छन्।

यस प्लेटफर्ममा गरिएका भिडियोहरू सुरक्षित रहने कुनै ग्यारेन्टी नहुँदा नहुँदै पनि युवा – युवतीहरुले आफ्नो अश्लिलता देखाउन भने छोडेका छैनन्, यसले निकट भविष्यमा निम्त्याउन सक्ने दुर्घटनाका बारेमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ।

बढ्दो संख्याका व्यक्तिहरूमा त्यस्तो प्रवृत्ति देखिए पनि एका दुई भने त्यहा जलवायु परिवर्तन, आणविक शक्ति, राजनीति, रकेट साइन्सका बारेमा समेत छलफल गर्ने पनि आउने गरेको पाइन्छ।

हरेक कुराको सकारात्मक र नकारात्मक पक्षहरू पक्कै हुन्छन् तर कुनलाई अँगालेर अगाडि बढ्ने आफ्नै हातमा हुन्छ, त्यसो त सकारात्मक पक्षलाई लिएर उक्त प्लेटफर्ममा सक्रिय हुँदा उत्पादनमूलक होला कि?

Comments