अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास

पढ्न लाग्ने समय: १ मिनेट

A A+ A-

अब सिंहदरवार प्रवेशका लागि कसैलाई भनसुन गर्नु नपर्ने भएको छ । आफैँले अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पासको व्यवस्था गर्न सकिने भएको हो ।

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोड सहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल-वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सकिन्छ ।

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने छ । सोही क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । आगन्तुकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास अनुरोध गर्न सक्नेछन् ।

रजिस्टर गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि अट्याच गर्नु पर्छ । यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर भित्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

Comments