नेपाली समाजमा सामाजिक सञ्जालको महत्त्व र बढ्दो चुनौती

पढ्न लाग्ने समय: १ मिनेट

A A+ A-

केही समययता देखि नेपाली समाजमा फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालहरूको प्रयोग उग्र रूपमा बढ्दै गएको पाइन्छ तर कति प्रतिशत प्रयोगकर्ताहरूले यसको सही सदुपयोग गरेका होलान् त ?

सामाजिक सञ्जाल विशेषतः सूचना तथा सञ्चार को माध्यमको रूपमा चिनिन्छ यसको अलावा मनोरञ्जन र कला साहित्य प्रदर्शनी तथा प्रकाश सपुतको पिर गीतमा भनेजस्तो पिर बिसाउने चौतारीको रूपमा समेत प्रयोग हुने गरेको पाइन्छ।

संसारको जुनसुकै कुनामा हुने गरेका घटनाहरू बारे सहजै थाहा पाउन र भौतिक  दुरीका आधारमा टाढा रहेका आफ्ना आफ़न्तजनहरु सँग माया र सद्भाव साटासाट गर्न पनि सञ्जालको प्रयोग गरिन्छ। त्यति मात्रै हैन कसैलाई दुख पर्दा सहयोग र सहानुभूतिका लागि पनि नेपाली समाजमा सञ्जालले महत्त्वपूर्ण भूमिका खेलेको छ, धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डोनेसन को कार्यक्रम देखि राष्ट्रिय आविष्कार केन्द्रमा सहयोग गर्ने लगायतका उत्कृष्ट क्रियाकलापहरू पनि यसै प्लेटफर्म बाट हुने गरेका छन्। कला साहित्यमा कलम चलाउने हरूलाई पनि सञ्जालले मनग्य टेवा पुर्‍याएको छ यसबाटै उनीहरू आफ्नो कला श्रोता तथा दर्शक सामु पुर्‍याएर माया बटुल्ने गरेका छन्। त्यसै गरी अध्ययन तथा अनुसन्धानमा लाग्नेहरूका लागि त झनै तथ्यको खानि साबित भएका छन् युट्युब तथा क्योरा जस्ता सञ्जालहरू।

Comments